सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

रुसी राष्ट्रपति पुटिनले इरानको भ्रमण गर्दै

रुसी राष्ट्रपति पुटिनले इरानको भ्रमण गर्दै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को साता इरानको भ्रमण गर्ने भएका छन् । समाचार संस्था एपीका अनुसार पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने कार्यक्रम तय भएको छ ।

तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन्। पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ।

गत फेब्रुअरी २४ मा पुटिनको निर्देशनमा रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसपछि पुटिन विश्व समुदायबाट एक्लिएका छन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend