logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पछिल्लो एक वर्षमा संसदका अन्य समिति सक्रिय हुँदा सार्वजनिक लेखा समिति निष्क्रिय भयो: गोकुल बास्कोटा

    पछिल्लो एक वर्षमा संसदका अन्य समिति सक्रिय हुँदा सार्वजनिक लेखा समिति निष्क्रिय भयो: गोकुल बास्कोटा

    6.9K
    Shares
    पछिल्लो एक वर्षमा संसदका अन्य समिति सक्रिय हुँदा सार्वजनिक लेखा समिति निष्क्रिय भयो: गोकुल बास्कोटा

     

    काठमाडौं । सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलवार सार्जजनिक लेखा समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैंठकमा वार्षिक प्रतिवेदनमा सभापति नहटेसम्म छलफलमा भाग नलिने भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

    बैठकमा बोल्दै सांसद गोकुल बास्कोटाले पछिल्लो एक वर्षमा संसदका अन्य समिति सक्रिय हुँदा सार्वजनिक लेखा समिति निष्क्रिय भएको बताए । उनले एक वर्षमा ठूला ठूला बेथिति भएपनि समितिमा छलफल भए जवाफ दिनुपर्छ भनेर समितिलाई सत्ताको छायाँमा राखेको आरोप लगाए । बास्कोटाले सरकार आफैँले समितिलाई सक्रिय बन्न नदिएको दाबी गरे । उनले सभापतिलाई नै सरकारले अफ्ठ्यारोमा पारेको भए सभापतिले संसदीय व्यवस्था अनुसार विचार गर्न आग्रह गरे । बास्कोटाले संसदीय व्यवस्थालाई उल्ट्याएर काम गर्दै गएमा संघीयताको विषयमा समेत प्रश्न उठ्नसक्ने बताए । उनले प्रमुख प्रतिपक्षलाई समितिको सभापति नपाएसम्म बैठक चल्न नसक्ने भन्दै आपति जनाए ।

    उनले भने,‘यो सक्रिय समिति हो । यो समितिले सरकारलाई पनि सजिलो गर्छ । सरकारले देशभित्र भएका बेथितिका विषयमा समितिमा छलफल गर्नसक्छ । यो समिति सक्रिय बनाएर सरकारलाई बाहिर निस्कन मद्दत गर्छ । सार्वजनिक रुपमा घच्घच्याउन सजिलो हुन्छ । यो बीचमा संसदका अन्य समितिहरु धेरै सक्रिय भए । मलका विषयमा प्रश्न उठ्यो । आजसम्म मल आएन । अरु सबै समितिमा छलफल भयो । हाम्रोमा भएन । सरकारलाई के डर भयो भने सार्वजनिक लेखा समितिमा छलफल भयो भने आर्थिक अनियमितासँग जोडिएका विषयहरु प्रश्न उठ्ने र सरकारले जवाफ दिनुपर्ला समितिले सोध्ला भन्ने लागेको होला । त्यसकारण नै सरकारले यो समितिलाई सक्रिय हुन दिएन । सभापतिलाई सरकारले अफ्ठ्यारोमा पारेपछि तपाईले किन अफठ्यारो झेल्नु प¥यो विचार गरे भयो नी ? यो समिति संसदीय व्यवस्था अनुसार गरौं । हामीलाई अन्य कुरामा छलफल गर्न समस्या छैन । हामीले यस्ता व्यवस्थाहरु उल्ट्याउँदै गयौं भने संघीयतामा प्रश्न उठ्छ । यो व्यवस्थाका बारेमा पनि प्रश्न उठ्छ । अहिले संवैधानिक सम्बन्धि विधेयक भनेर ल्याइएको छ । ३२ महिनासम्म सत्तापक्ष र विपक्षका कुरा छोड्यौं । सभामुख र विपक्ष दलको नेता नगए पनि बाध्य भएर विधेयक ल्याएको हो । आज संसद चल्दा चल्दै त्यही कुरा किन लिएर आएको हो । हिजो प्रतिपक्षमा रहँदा प्रतिगामी त्यही कुरा भयो । आज क्रान्तिकारी त्यही कुरा कसरी भयो । यो मौका र अवसरवादी कुरा भयो । डबल स्टाण्र्डरका कुरा भयो । लेखा समितिमा पनि डब्बल स्टाण्र्डर नगरौं । मनमा उकुसमुकुस राखेर काम नगरौं । राजीनामा हामी भन्दैनौं । यो बैंठक चल्नै सक्दैन । मेरो आपत्ति छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend