logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार विधि र पद्धतिमा चल्नुपर्छ: सूर्य पाठक

    सरकार विधि र पद्धतिमा चल्नुपर्छ: सूर्य पाठक

    2.5K
    Shares
    सरकार विधि र पद्धतिमा चल्नुपर्छ: सूर्य पाठक

    काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सांसद सूर्य पाठकले राज्यमा हुने विभिन्न बेथितिको विषयमा सरोकार राखेर छलफल गर्ने समिति विगत एक वर्षसम्म कुनै छलफल नभएको बताए । उनले वार्षिक प्रतिवदेन पास गर्नुपर्ने भएकाले बैठक बोलाएको भन्दै आर्थिक अनियमितता र बेथितिप्रति सार्वजनिक लेखा समिति चुप लागेर बस्न नहुने बताए । पाठकले नयाँ सरकार गठन भएको एक वर्षमा धेरै नीतिगत भ्रष्टाचार भएको भन्दै नीतिगत भ्रष्टाचारका विषयमा समिति किन नबोल्ने ? भन्दै प्रश्न गरे ।

    उनले भने,‘ विभिन्न बेथिति हुन्छन् । त्यो बेथितिमा प्रवेश गरेपछि सक्रियता समितिले राख्छ । हिजो कयौं घटनाक्रमहरुमा प्रवेश गरेका छौं । धेरै घटना निस्कर्ष निकालेर अख्तियार पठाएका छौं । आर्थिक अनियमितता र बेथितिप्रति सार्वजनिक लेखा समिति चुप लागेर बस्न सक्दैन । बस्नु हुँदैन । नयाँ सरकार गठन भएको एक वर्ष भयो । के आज नेपालमा एउटा पनि बेथिति छैन । हाम्रा आँखा अगाडि घटेका घटनाहरु छैन । नीतिगत भ्रष्टाचारका कुराहरु रहेका छन् । नीतिगत भ्रष्टाचारका विषयमा समिति बोल्छ की बोल्दैन । मध्यरातमा अर्थ मन्त्रालयमा बिचौलीयाहरु छिरेर करका दरहरु हेरफेर गर्छन् । लेखा समिति छलफल नै गर्दैन । सरकारलाई जवाफदेही बनाउन सरकार पक्षकै सभापति बसेर नहुने देखिएको छ । सभापतिप्रति सम्मान छ तर यो एक वर्षमा यस्तो विषय दिनुस् समितिले छलफल गरेको होस् । किन हामी चुप लागेर बसौं । मन्त्रीलाई बोलाएर छलफल गरेनौं भन्दा समितिमा सत्ताको छायाँ प¥यो । समितिमा सत्ताको छायाँ पर्ने कुरा दुभाग्यपूर्ण कुरा हो । भागबण्डा गर्ने विषय हाम्रो होइन त्यो काम गठबन्धनले नै गरोस् । हाम्रो कुरा विधि र पद्धतिको कुरा हो । हिजो हामीले दुई तिहाई बहुमत हुँदा पनि समिति सभापति छाडेका थियौं ।’

    सांसद पाठकले मध्येरातमा अर्थ मन्त्रालयमा बिचौलीयाहरु छिरेर करका दरहरु हेरफेर गर्दा समेत लेखा समितिमा छलफल गर्न सरकारलाई जवाफदेही बनाउन सरकार पक्षकै सभापति बसेर नहुने अवस्था देखिएको बताए । उनले समितिमा सत्ताको छायाँ पर्ने कुरा दुभाग्यपूर्ण भएको भन्दै सभापति भागबण्डा गर्ने विषय प्रतिपक्षको नभएको उल्लेख गरे । उनले सरकार विधि र पद्धतिमा चल्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend