logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छः मुख्यमन्त्री केसी

    सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छः मुख्यमन्त्री केसी

    6.2K
    Shares

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने बताउका छन् । मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे ।

    लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदान पु¥याउन आवश्यक रहेको बताए । प्रदेश सरकारले पत्रकारलाई सम्मान गरी लोकप्रियता कमाउनुभन्दा पनि पत्रकारले गरेको कामलाई सम्मान गरेको बताउँदै उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारका जनमुखी कार्यलाई जनतासमक्ष पु¥याईदिन आग्रह गरे ।

    कार्यक्रममा विन्दुकुमार चौहान, खिमानन्द भट्टराई, सन्जु पौडेल, डिलाराम भुसाल र प्रेम विक सम्मानित भए । सो अवसरमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयतालाई बलियो बनाउने गरी लाग्न सञ्चार क्षेत्रलाई अनुरोध गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend