logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनार्दन शर्मामामथि छानबिन गर्ने संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दै

    जनार्दन शर्मामामथि छानबिन गर्ने संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दै

    4.6K
    Shares

    काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । आजको बैठकको कार्यसूची समितिको सभापति चयन गर्ने रहेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।

    सत्तापक्ष र प्रतिपक्ष दुवैले दाबी गरेपछि सभापति चयन लम्बिएको हो । आजको बैठकले सभापति चयन गर्ने समितिका सदस्यहरूले बताएका छन् । अर्थमन्त्री हुँदा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि विवाद सुरु भएको थियो । सोही विवादका कारण शर्माले असार २२ गते राजीनामा दिइसकेका छन् ।

    प्रतिनिधि सभा नियमावली २०७५ मा आवश्यकता अनुसार विशेष समिति गठन गर्नसक्ने व्यवस्था छ । संसदमा शर्मालाई राजीनामा गराएर छानबिन समिति गठन गर्न माग उठेपछि सोही व्यवस्था अनुसार शर्मामाथि छानबिन गर्न ११ सदस्यी समिति गठन भएको छ ।

    समितिमा एमालेका खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादीका देव गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् । विशेष समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend