logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गगन थापा भन्छन्-ठूलालाई पोस्ने र सानालाई कस्ने नीति नसच्याए सेयरमा साना लगानीकर्ता डुब्छन्

    गगन थापा भन्छन्-ठूलालाई पोस्ने र सानालाई कस्ने नीति नसच्याए सेयरमा साना लगानीकर्ता डुब्छन्

    3.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आउँदो मौद्रिक नीति तरलताको अभाव, घट्दो सञ्चिति, बढ्दो मूल्यवृद्धि र मागमा संकुचनका विषय सामना गर्ने गरी ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले सेयर बजारमा सुधार गर्न ल्याइएको चार बारको नीति ठूलालाई पोस्ने र सानालाई कस्ने भएको बताए ।

    त्यसलाई नसच्याए सेयरमा लगानी गर्ने साना लगानीकर्ता सडकमा आइपुग्ने उनको भनाइ छ । थापाले आफ्नो कुरा गभर्नरलाई भनेको भन्दै कटाक्ष समेत गरे ।

    ‘राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा अनुसार त्यो परिणाम नआइसकेपछि अब त्यसअनुसार यसलाई सच्याउनुपर्छ । यसलाई हटाइएन भने लाखौँ सेयरमा लगानी गरेका साना सेयरकर्ता सडकमा आइपुग्छन्,’ उनले भने, ‘मैले गरेको सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेपाल कम्युनिस्ट पार्टी एमालेको अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नुभएमा क्षमा चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend