काठमाडौं । सांसद गणेशकुमार पहाडीले गठबन्धन सरकार गठन भएको एक वर्षमा सबैभन्दा बढी विकृति र भ्रष्टाचार बढेको बताए । उनले वर्तमान सरकारले पेस गरेको राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो भएको बताए ।
उनले भने,‘ यो सरकार गठन भएदेखि एक वर्षमा सबैतिर विकृति बढेको छ । सुशासन कमजोर बन्दैछ । भ्रष्टाचार बढ्दो छ । सरकारले भर्खरै राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक पेस गरेको छ । यो विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो छ । यो विधेयक पास भएमा सविधानमा भएको व्यवस्थालाई संकुचन गर्नेछ ।’
सांसद पहाडीलले गठबन्धनको सरकारले देशमा सुशासन कमजोर र भ्रष्टाचार बढाउने काम मात्रै गरेको आरोप लगाए ।