logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • गरिमा विकास बैंकद्धारा काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    गरिमा विकास बैंकद्धारा काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    2.1K
    Shares
    गरिमा विकास बैंकद्धारा काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    काठमाडौं । गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण गरेको हो ।

    काठमाडौंको माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर÷कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ ।

    त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष श्री दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

    हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend