काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफुले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अव पनि नगर्ने बताएका छन् । बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै आएको दाबी पनि गरे ।
‘मैले अहिलेसम्म मानवअधिकारको उल्लंघन गरेको छैन र जीवनमा मानवअधिकारको उल्लघंन गर्दिनँ’, ओलीको भनाइ छ । उनले आफुलाई मानवअधिकार उल्लंघन कर्ता ठान्छ भने त्यो भुल हुने पनि बताए । उनले मानवअधिकार आफ्नो निष्ठा, उदेश्य, गन्तव्य र यात्रा भएको पनि बताए ।