logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दलहरुको आवश्यक्ता, औचित्य र अपरिहार्यता झनै बढेर गएको छ: अध्यक्ष ओली

    दलहरुको आवश्यक्ता, औचित्य र अपरिहार्यता झनै बढेर गएको छ: अध्यक्ष ओली

    2.1K
    Shares
    दलहरुको आवश्यक्ता, औचित्य र अपरिहार्यता झनै बढेर गएको छ: अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुको आवश्यक्ता, औचित्य र अपरिहार्यता झनै बढेर गएको बताएका छन् । अध्यक्ष ओलीले दलहरुमाथि घृणाभाव फैल्याउने प्रयास भईरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    उनले स्थानीय तह निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्ति आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । मानव अधिकार एलाईन्सले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीको औचित्य, आवश्यक्ता र अपरिहार्यता आज झन बढेर गएको र भोली पनि कायमै समेत बताए । ओलीले मानव अधिकारको रक्षाका लागि दलहरुको संगठित शक्ति अपरिहार्य रहेको बताए । उनले दलहरु भन्दा व्यक्ति निष्पक्ष हुन्छन भन्ने धारणा सही नभएको पनि स्पष्ट पारे ।

    अध्यक्ष ओलीले भने, ‘डमोक्रेटिक सिष्टममा राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ । कहिलेकहिले कोही कोही स्वतन्त्र फाट्टफुट्ट पालिकासालिका वडाहरु छानिनु बेग्लै कुरा हो । तर दलीय प्रणाली, दलहरुको औचित्य, आवश्यक्ता र अपरिहार्यता आजको विश्वले स्विकारेको चिज हो । अपरिहार्यता स्विकारेको चिज हो । र, दलहरुको योगदान आज एउटा ट्रेन्ट चलेको छ–अलिकति चलाउन खोजिएको छ संगठित ढंगले नेपालमा । दलहरुको योगदान, इतिहासमा उनीहरुले जुन ढंगले भूमिका खेले । सामाजिक जागरणका लागि जुन भूमिका खेले । जुन बलिदानपूर्ण संघर्ष गरे । लामो त्यागपूर्ण संघर्ष गरे । कष्टपूर्ण संघर्ष गरे र समाजमा जागरण ल्याए । संगठित प्रयास गरे । परिवर्तन ल्याए । रुपान्तरण ल्याए । अगाडि बढाए समाजलाई । त्यसपछि सम्मान नगर्ने, घृणा भाव फैल्याउने । त्यो प्रवृत्ति अहिले बढाइएको छ । अहिले सबभन्दा जान्ने हुनका लागि, निष्पक्ष हुनका लागि, ठूलो हुनका लागि, अरुभन्दा पृथक हुनका लागि राजनीतिक दल र नेतालाई गाली गर्नुपर्छ । अनि त्यो व्यक्ति चाँही अलिकति निष्पक्ष, तटस्थ भन्ने ठानिनेखालको स्थितिको एउटा यस्तो इम्प्रेषण दिन खोजिएको छ । त्यो कुरा साँचो होइन । त्यो सही होइन । राजनीतिक दलहरुको भूमिका हिजो पनि थियो, आज पनि छ । र, भोली पनि रहन्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend