काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ३१ सलकपुरस्थित जितपुर–रङ्गपुर सडकखण्डबाट १४ किलो गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ८ बस्ने ३६ वर्षीया उस्मा देवी, ४२ वर्षिया आरती देवी र भारतमा घर बताउने ४२ वर्षीया अनन्त देवी छन् ।
मनहवाबाट जीतपुरतर्फ आउँदै गरेको ना २ ह २२१० नम्बरको अटोलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा गाँजा फेला पारिएको हो ।