logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारको काम सन्तोषजनक भएन: लक्ष्मणलाल कर्ण

    सरकारको काम सन्तोषजनक भएन: लक्ष्मणलाल कर्ण

    2.5K
    Shares
    सरकारको काम सन्तोषजनक भएन: लक्ष्मणलाल कर्ण

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरे । देशको आर्थिक अवस्थाको सम्बन्धमा सरकार गम्भीर नभएको उनले बताए ।

    उनले भने– ‘सरकारको केही पनि काम भएको छैन । अहिले देशको जुन आर्थिक अवस्था छ, त्यो सम्बन्धमा सरकार गम्भिर भएको छैन । महंगी चरम सीमामा छ । रोपाईं भइसक्यो अहिले खेत सुकिराखेको छ मधेसमा जहाँ जग्गा छ । सिचाइँको प्रवन्ध छैन । बीउको प्रवन्ध छैन । मल अहिलेसम्म पु¥याएको छैन । सरकारको काम त आपत् विपत पर्दा जनतालाई सेवा दिने हो । सुरक्षा दिने हो । सुविधा दिने हो । त्यो काम कहीँ पनि भइराखेको छैन । त्यसकारण सन्तोषप्रद काम यो सरकारबाट भएको छैन ।’

    उनले जनतालाई समयमा मल, बीउ उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताउनु भयो । सरकारले जनतालाई आपद्विपत पर्दा सेवा, सुविधा र सुरक्षा दिन नसकेको उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend