सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend