logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धनका तर्फबाट उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

    गठबन्धनका तर्फबाट उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

    3K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

    भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन् ।

    प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन । यो संसदको कार्यकाल करिब चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो । आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।

    उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजेबाट मतदानको कार्यसूची तय भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend