logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • त्रिभूवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुदैन: गिरिराजमणि पोखरेल

    त्रिभूवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुदैन: गिरिराजमणि पोखरेल

    3.5K
    Shares
    त्रिभूवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुदैन: गिरिराजमणि पोखरेल

    काठमाडौं । सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभूवन विश्व विद्यालयको समस्या थोरै औषधिले निको नहुने बताए । उनले अब उच्च शिक्षा बदल्नको लागि त्रिभूवन विश्वविद्यालयको पुनःसंरचना गर्नु आवश्यक भएको बताए ।

    पोखरेलले विश्व विद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गरे । उनले कीर्तिपुरमा रहेको त्रिभूवन विश्वविद्यालयलाई सेन्टर एक्सलेन्स बनाएर अन्य क्याम्पसहरुलाई प्रादेशिक विश्वविद्यालय बनाएर प्रदेश सरकारलाई चलाउनु दिँदा उच्च शिक्षामा सुधार आउने बताए । पोखरेलले क्याम्पसहरुका प्राध्यापकहरु राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने भएकाले शिक्षामा गुणस्तर नभएको बताए ।

    उनले भने,‘ त्रिभूवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्था छैन । त्रिभूवन विश्व विद्यालयलाई सुधार गर्नको लागि पुनःसंरचनाको आवश्यकता छ । यहाँ भित्र धेरै सेटिङ रहेको छ । यस्ता धेरै सेटिङ हुन्छन् । यो सानो सेटिङ मात्रै बाहिर आएको हो । धेरै समस्याको बीचमा छ । अहिले हाम्रो उच्च शिक्षा नै धरासायी भएको छ । अहिले उच्च शिक्षा लिइरहेका ५ लाख विद्यार्थीहरुमध्ये ७५ प्रतिशत त्रिभूवन विश्वविद्यालयले ओगटेको छ । त्रिभूवन बदल्ने भनेको उच्च शिक्षा बदल्ने भनेको हो । कीर्तिपुरलाई सेन्टर एक्सलेन्स बनायौं । त्रिभूवनका जतिपनि क्याम्पहरु छन् । ती सबैलाई प्रादेशिक विश्व विद्यालयमा बदलौं । नाम त्रिभूवन राखौं । प्रदेश सरकारलाई दिऔं । नजिकको सरकारले नजिकबाट हेरे मात्रै व्यवस्थित हुन्छ । केन्द्रबाट क्याम्पसहरु चलाएर सक्नुहुन्न । प्रत्येक क्याम्पसमा प्राध्यापक राखिएको छ । त्यहाँ राजनीतिक करण भएको छ । प्रोफेनालिजम छैनन् । त्यसपछि आफ्नो स्वास्र्थ अनुसार चल्छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend