logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एम अधिकारी भनेको गभर्नर महाप्रसाद होईनन् : एमाले

    एम अधिकारी भनेको गभर्नर महाप्रसाद होईनन् : एमाले

    3.7K
    Shares

    काठमाडौं । नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्यमा भएका एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ । गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो ।

    एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी सामाजिक सञ्जाल, सञ्चारमाध्यममा समेत उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाई राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको ब्यहोरा स्पष्ट गर्दछु ।’ एमालेले भनेको छ ।

    तर एमालेले एम अधिकारी को हो ? भन्नेबारे भने अझै खुलाउन सकेको छैन । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको सोही विभागका सदस्य रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend