logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

    नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

    4.1K
    Shares

    काठमाडौं । पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ ।  गत मंगलवारदेखि बढ्न थालेको नेप्सेले बिहीवार पनि निरन्तरता पाएको छ । बिहीवार नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ ।

    बिहीवार कारोबारमा आएका २२० कम्पनीको ६२ लाख १० हजार कित्ता शेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ ।

    वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन् । बिहीवार एनआईबिएल प्रगति फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर यता ग्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकले ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend