logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्छः मिनेन्द्र रिजाल

    नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्छः मिनेन्द्र रिजाल

    4.4K
    Shares
    नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्छः मिनेन्द्र रिजाल

     

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् ।

    उनलेले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नती नहुने दाबी गरे । सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरु पर्खिएर बसेको बताए । रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने बताए ।

    उनले भने,‘ नेपालको संविधानमा हामीले सहमतिका साथ नागरिकताको महल राखौं। नागरिकताको महलमा संविधानमा लेखेको कुरालाई बदल्ने प्रयत्न अघिल्लो पटकको समितिको प्रतिवेदनबाट भयो । त्यो गलत थियो । त्यो गर्नु हुँदैन भनेर हामीले भनौं । गृहमन्त्रीले त्यसलाई प्रश्तुत गर्ने कार्यसूची तयार भएको थियो । त्यसबेलाका गृहमन्त्री आफू चुनाव लड्दाको पहिचान बदलियर अर्को पहिचानमा पुगेर गृहमन्त्रीबाट विदा भइसक्नु भयो । नेपालको नागरिकले नेपालको प्रमाणपत्र पाउन सक्ने दिन बन्न सकेन । अहिले विद्येयक आएको छ । सबै समस्या समाधान गदैन । तर ठिक हो ।आउनु पर्ने थियो । ठिलो भएर आयो । नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ संविधानले लेखेको छ । तर लेखेर नागरिकता प्राप्त भएको छैन । महोतरिका अर्जन शाहले नागरिकता पाएनन् । सुनसरीका विजय शाहले पाएनन् । एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने एउटा अनुहारका मानिसहरुलाई मदेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नती हुँदैन । कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । यहाँ बस्ने सांसद हौला ,जनताका प्रतिनिधि हौला तर नेपालमा जन्मेको नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन । साढे पाँच वर्ष देखि मान्छेहरु पर्खिएर बसेको छ । सटिफिकेट,रोजगारी,विदेश जान पाएको छैन । त्यसलाई कतिदिनसम्म रोक्ने । यो गलत छ यसको अन्त्य हुनुपर्छ। यो नागरिकताको विद्येयकमा अन्य धेरै पक्षहरु पनि छन् । गैरआवासी नेपाली नागरिकताको पक्ष छ । त्यसमा सांस्कृतिक,आर्थिक । सामाजिक अधिकार भनिएको छ । आर्थिक अधिकार बारेमा अहिले पनि विभेद छ । एउटा सिमित जग्गा मात्रै खरिद गर्न पाउँछ । त्यसमा लेखेर मात्रै पुग्दैन । मान्य गृहमन्त्री ज्यु अहिले ऐन आउँछ । त्यसपछि नियमावली आउने बेला निर्देशिका बन्ने बेला नागरिकता लिन जाने मान्छेलाई अनुहार हेरर विभेद गर्न पाइदैन । त्यसको ग्यारेण्टी कसरी हुने हो । अहिलेको विद्येयक ध्यान पुग्न सकेको छैन । एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउँनु हुँदैन । एउटा कुनै पनि नागरिकले कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न । यो प्रावाधान ल्याउन खोजेको हो ।’

    सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनु पर्ने अवस्थाको अब अन्त्य गर्नु पर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend