logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • १ डलर बराबर नेपाली १२८ रुपैयाँ ११ पैसा

    १ डलर बराबर नेपाली १२८ रुपैयाँ ११ पैसा

    4.9K
    Shares

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार असार ३१ गते १५ जुलाई २०२२० मा डलरको मुल्य पुनः नयाँ उचाइमा पुगेको छ । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।

    अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा थप कमजोर बन्दा त्यसको प्रभाव नेपाली मुद्रामा पनि परेको छ । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्ने गर्दछ ।

    असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो । त्यसयता पनि केही घटबढ हुँदै असार ३० गते १२७ रुपैयाँ ७२ पैसामा कारोबार भएको डलर पहिलो पटक १२८ रुपैयाँ पुगेको हो ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend