logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गैरआवासीय नेपालीलाई नागरिकता दिने सरकारको तयारी

    गैरआवासीय नेपालीलाई नागरिकता दिने सरकारको तयारी

    2.9K
    Shares

    काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ । शुक्रबार बसेको सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी विधेयक पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    ‘हामीले नागरिकता संशोधन विधेयक आजै संसदबाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय गरेका छौँ,’ पौडेलले भने । यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ ।

    ६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रवाधानलाई सच्याएर साबिक बमोजिम बनाएर अघि बढाउने सहमति भइसकेको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend