काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणमा जादै छन् । दिउसो एक बजे भारत भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन् ।
भारतीय जनता पार्टी भाजपा का अध्यक्ष जेपी अड्डाको निमन्त्रणालाई स्वीकार गर्दै प्रचण्ड आज दिल्ली जान लागेका हुन् । भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ ।
जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।