logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

    फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

    3.5K
    Shares
    फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

    काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ । शुक्रवार समितिले सांसदहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।

    समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्धनिर्देशक उषा गिरीले जानकारी गराएकी थिइन् । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रा.लि.को प्राविधिक सहयोगमा बनाइरहेको बताइन ।

    उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने बताइन् । निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएकोबताइन् । उनले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताइन् ।

    उनले भनिन्,‘ भत्तपुरको ठिमीमा फोहोर व्यवस्थापनको काम गरिरहेका छौं । जुन फोहोरलाई गन्धरहित बनाएर कम्पोष्ट मल बनाइरहेका छौं । फोहोर अहिले संसारकै समस्या रहेको छ । जुन ल्याण्डफिलमा नलगि हुँदैन । जापानी प्रविधिमार्फत फोहोरलाई गन्धरहित बनाएर कम्प्याक्टसँग लिचेडहरु केही ननिकाली राम्रो मल बन्छ । जुन मल हिजो आज नेपालमा खाँचो छ । त्यो खाँचोलाई फोहोरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खानसक्छौं । ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ । भक्तपुरले फोहोरबाट मल निकालेर २० रुपैयाँमा जनतालाई दिइरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडामा ठूलो समस्या रहेको छ । हामी सबै मिलेर काम गर्ने हो भनेर फोहोरको सदुपयोग र मल पनि राम्रो बन्ने थियो । यसको समाधान भनेको जापानी प्रविधि हो । त्यसले फोहोरलाई कुहिने फोहोरलाई गन्धरहित बनाएर मल बनाउँछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend