logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटनामा परी १४ सैनिकको मृत्यु

    मेक्सिकोमा हेलिकप्टर दुर्घटनामा परी १४ सैनिकको मृत्यु

    3K
    Shares

    मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।

    लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

    दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ ।

    यसै विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend