काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले आफ्नो वार्षिकोत्स कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाएको छ । र अस्पताल बन्द गरी कार्यक्रममा सहभागी हुन संस्थान अन्तर्गतका अस्पतालका विभागीय प्रमुखहरूलाई परिपत्र गरिएको छ ।
संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरिसक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई कार्यक्रममा सहभागिता जनाउनका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न भनेकी छन् । आइतबार साउन १ गते राष्ट्रपति भण्डारीको उपस्थितिमा कार्यक्रम आयोजना हुँदैछ ।