logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गभर्नर विरुद्ध प्रदर्शन गरेका विद्यार्थी प्रहरीको नियन्त्रणमा

    गभर्नर विरुद्ध प्रदर्शन गरेका विद्यार्थी प्रहरीको नियन्त्रणमा

    5K
    Shares

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघ र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

    उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

    प्रहरी धरपकडपछि फेरि एक ठाउँमा भेला हुँदै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गभर्नरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend