logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपत्यकाका दुई महानगर र एक नगर हैजाको रेड जोन मा

    उपत्यकाका दुई महानगर र एक नगर हैजाको रेड जोन मा

    4.3K
    Shares

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् ।

    महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ । काठमाडौं महानगरभित्र असार ३१ गतेसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । कागेश्वरी मनोहरामा आठ र ललितपुरमा तीनजनामा हैजा पुष्टि भएको छ ।

    यस्तै, काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण पुष्टि भएको छ ।
    योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ । महाशाखाले हैजा संक्रमणबाट बच्न पानी उमालेर पिउन र खानेकुरा राम्रोसँग पखालेर÷पकाएर मात्र खान आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend