काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्। मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले टोखाबाट होटल सञ्चालक २८ वर्षीया चिनिमाया लामा लिम्बुलाई पक्राउ गरेको हो।
खाजाघरमा अन्य ४–५ वटा कोठा भाडामा लिएर नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दानबहादुर मल्लले बताए।
होटलमा आउने ग्राहकहरुसँग १ हजार रुपैयाँका दरले रकम लिएर लिम्बुले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप प्रहरीको छ।