logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावअघि नै संगठन विस्तार गर्ने लोसपाको निर्णय

    चुनावअघि नै संगठन विस्तार गर्ने लोसपाको निर्णय

    6K
    Shares

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा केन्द्रीय समिति गठनका साथै र कार्यकारिणी समितिलाई पूर्णता दिने गृहकार्यमा लागेको छ । यस्तै चुनाव अघि संगठन विस्तारमा पार्टीले शक्ति खर्चिने भएको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन भएको झण्डै एक वर्ष हुन लागेको छ । तर अहिलेसम्म केन्द्रीय समिति गठन भएको छैन भने कार्यकारिणी समितिले पनि पूर्णता पाएको छैन । यस्तै पार्टीको संसदीय दलको नेता समेत चयन नगरिएको सो पार्टीमा भ्रातृ संगठनहरुको नामाकरण भएपनि संगठन निर्माण भएको छैन ।

    अब चुनाव आउन लागेकाले सोअघि नै संगठनका सम्पूर्ण कार्य सक्याउने गरी गृहकार्य भइरहेको कार्यकारिणी सदस्य अकवाल मियाले बताए । यसअघि सम्पन्न स्थानीय चुनावको समयमा संगठन निर्माण नभएको कारण पार्टीले क्षति व्यहोरेको उनको भनाइ छ । अब आउने चुनावमा लोसपाले पुनः त्यही गल्ती नगर्ने बताउँदै उनले साउनभित्रै संगठनका सम्पूर्ण काम सम्पन्न गर्ने दावी गरे ।

    विधान अनुसार केन्द्रीय समिति सदस्यको संख्या ५०१ रहेको छ। पहिलो चरणमै ५०१ चयन गर्न नसकेपनि चारसयको आसपास सदस्य राखेर केन्द्रीय समितिले गठन हुने उनले बताए । लोसपाभित्र नेताहरुबीच भागबण्डा हुने भएकाले संगठन विस्तार गर्न समय लागेको बताइएको छ । अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, अलिनकुमार झा र शरतसिंह भण्डारीको बीचमा केन्द्रीय समितिदेखि अन्य हरेक समितिमा बाँडफाँड हुने गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend