काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताएका हुन्।
आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामग्री पनि जलेका थिए। अपांगहरूका सहायक सामग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाणले बताए।
राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौ, गृहमन्त्री खाणले भने।