logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने सुष्मा कार्कीको बलियो सम्भावना

    चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने सुष्मा कार्कीको बलियो सम्भावना

    5.5K
    Shares
    चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने सुष्मा कार्कीको बलियो सम्भावना

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागी सुष्मा कार्कीको सम्भावना बलियो देखीएको छ। विगत लामो समयदेखि चलचित्र क्षेत्रमा नाम कमाएकी सुश्मा कार्कीले अध्यक्ष पदका लागि आवेदन भरेकी थिइन् ।

    नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएकि कार्की महारानीको उपनामबाट सबैमाझ चर्चित र लोकप्रिय छन्  । विगतमा पनि अध्यक्ष पदका लागी आबेदन दिदा अन्तिम प्रतिपर्धा बाट बाहिरीएकि कार्की यसपाली भन्ने अध्यक्ष बन्ने लगभग पक्कापक्की जस्तै भएको छ। उनले अहिलेसम्म तीन पटक चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिइसकेकी छन् ।

    हाल बोर्डको अध्यक्षका पदका लागि १० जनाको आवेदन परेको छ । अध्यक्षका लागि भुवन केसी ,नरेश पौडेल लगायतको आवेदन परेको छ । भुवन केसी ,नरेश पौडेलसँगै प्रतिस्पर्धामा उत्रिएकी एक महिलालाई बोर्डको अध्यक्ष नियुक्ती गर्ने पक्का भएको छ ।

    स्रोतका अनुसार कार्की सक्षम इमानदार महिला र बिभिन्न क्षेत्रमा योगदान समेत गरीसकेकोले उनलाई एकपटक बोर्ड अध्यक्ष बनाउन उच्च राजनीतिक क्षेत्रमा समेत सहमति भैसकेको छ।

    चलचित्र बिकास बोर्डको अध्यक्ष मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने प्राबधान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend