logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • भारत भ्रमणमा प्रचण्डको देउवापत्नी आरजु राणासँग भएको भेटसँग जोडेर झूट प्रचार गरियो: सांसद आलेमगर

    भारत भ्रमणमा प्रचण्डको देउवापत्नी आरजु राणासँग भएको भेटसँग जोडेर झूट प्रचार गरियो: सांसद आलेमगर

    3.5K
    Shares
    भारत भ्रमणमा प्रचण्डको देउवापत्नी आरजु राणासँग भएको भेटसँग जोडेर झूट प्रचार गरियो: सांसद आलेमगर

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । दाहाल–राणाबीचको भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको केही समाचार माध्याममा समाचार प्रकाशित भएको थियो ।

    सांसद आलेमगरले भने त्यो कुरा झूट र वाईयत भएको उल्लेख गर्दै साईबर स्यालहरुलाई त्यस्तो परिकल्पना नगर्न चेतावनी समेत दिए । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकीर समेत गरे ।

    सांसद आलेमगरले भने, ‘अर्को भर्खरै हाम्रो आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इन्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आर्जु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाईयत कुरा । झुट कुरा । यो मैले सुनेको थिए–साईबर स्यालकै कल्पना हो । विल्कुल त्यस्तो कल्पना हो, सम्माननीय अध्यक्ष महोदय । अर्को एम अधिकारको प्रसंग पनि हटकेक बनेको छ । हामीले मान्यौ–एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ? एम अधिकारी भन्ने मान्छे को हो त ? हुनत एमालेका साथीहरुले भन्नु भयो, एम अधिकारी को हो भनेर जान्न एमालेमा आउनु प¥यो । तर यो कुरा उठ्यो नि त यहाँनिर । कुरा उठेपछि जनताले जान्नु परेन ? हो, त्यसैले यो कुरा मैले यहाँ राख्न चाहेँ ।’

    सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन भनि प्रश्न समेत गरे । उनले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलवभत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend