logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्नुपर्छ: अध्यक्ष सुवेदी

    पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्नुपर्छ: अध्यक्ष सुवेदी

    3K
    Shares
    पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्नुपर्छ: अध्यक्ष सुवेदी

     

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिए । सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै सुवेदीले यस्तो बताएका हुन् ।

    उनले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर,हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गरे । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा टे«किङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गरे ।

    उनले भने,‘ अहिले स्पेन र जर्मनदेखि बाहेक अन्य देशहरुमा प्रचार गर्नुपर्ने देख्दिन । यसको लागि नेपाल पर्यटन बोर्डले दत्तचित्त भएर आफ्नो निर्णयमा एउटा आइटी टिम राखेर अनलाइनबाट पर्यटन क्षेत्रका प्रोडक्टहरुलाई प्रकाशित र प्रचार गर्नुपर्ने देखिन्छ । हामी ट्राभलहरुबाट हाम्रा ब्रोसरहरु बोकेर,हवाइ उडानमा खर्च गरेर आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त देखिँदैन । अनलाइनबाट नेपालका पर्यटन क्षेत्रका प्रोडक्टहरु सो गर्न सकिन्छ । हामीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा टे«किङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन होस् ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend