logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा राखेन: अध्यक्ष राणा

    राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा राखेन: अध्यक्ष राणा

    3.3K
    Shares
    राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा राखेन: अध्यक्ष राणा

     

    काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गरिन् । सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गरिन् । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताइन् । उनले सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिनुभयो । अध्यक्ष राणाले नेपालका पर्यटक ल्याउनको लागि अझै चुनौती रहेको बताइन् ।

    उनले भनिन् ,‘२०१९ मा १२ लाख पर्यटक नेपालमा भित्रिए नेपालमा भने अहिले २०२२मा जुनसम्म २.३७ भन्दा अहिले पनि डाटाले पर्यटन भित्र्याउन चुनौती धेरै रहेको छ । त्यसकारण चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पर्यटन उद्योग संरक्षण गर्नु आवश्यक छ । नेपाल सरकारले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता दिएको छैन । जुन उद्योग कोरोना महामारीले माथि उठ्न सकेको छैन । त्यो उद्योगलाई अन्य उद्योगको तुलनामा सहुलियत केही पनि छैन । पर्यटन उद्योगलाई केही सहुलियत भएमा ठूलो सहयोग हुने थियो । होटलको क्षेत्रमा पाँच तारे वा जुन सुकै होस् त्यहा सुरक्षा र खानेकुरामा गुणस्तरियता भए/नभए राम्रो सन्देश जाँदैन । त्यसैले खाद्यायमा गुणस्तरीय हुनु आवश्यक छ । नेपाल एयर लाइन्सलाई प्राथकिता दिनु जरुरी छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend