logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक १८.०३ अंकले वृद्धि

    एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक १८.०३ अंकले वृद्धि

    3K
    Shares
    एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक १८.०३ अंकले वृद्धि

     

    काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अकंले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१५ अंकले बढेको छ ।

    सोमवार कारोबारमा आएका २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर १ अर्ब ३१

    करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आईतवार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार र मेन्युल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

    नेप्से बढेसँगै बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

    कारोबार रकमका आधारमा ९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend