आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण

फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरेका हुन् ।

आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेपनि वास्ता नगरेको गुनासो गरे । आयोगका अध्यक्ष मगरले सिफारिस भएका विषयमा दुविधा नराखी सरकारले कार्यान्वयन नगरेका कारण मानव अधिकार हननका घटना बढेको बताए । आयोगको सिफारिसलाई सरकारले बेवास्ता गरेका कारण संसदीय समितिले चासो लिएर सरकारसँग जवाफ मागिदिन आग्रह गरे ।

अध्यक्ष मगरले कोभिड–१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख गरे । अध्यक्ष मगरले कोभिड–१९ महामारीको समयमा आम नागरिकको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend