logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

    नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

    3.5K
    Shares

    काठमाडौं । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ ।

    मंगलवार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै मंगलवार कारोबार रकम पनि बढेको छ । सोमवार १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् ।

    जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको छ ।
    नेप्सेसँगै मंगलवार इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ । त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिव ७ प्रतिशत बढेको छ ।

    तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ । मंगलवार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend