काठमाडौं । सांसद अनिता देवकोटाले सरकारी निकाय तथा स्थानीय तहले समेत बजेट फिर्ता नजाओस् भनेर असार मसान्तमा खर्च गर्ने र काम प्रभावकारी नहुने भएको बताइन् । उनले जेठ १५ मा नै बजेट ल्याउने नीति ल्याएपनि असार अन्तिममा आएर भुक्तानी र खर्च गर्ने प्रवृतिले यस्तो समस्या निम्त्याएको बताइन् ।
सांसद देवकोटाले महालेखापरीक्षकको अत्याधिक ठूलो प्रतिवेदन आउने भएकाले त्यसलाई पनि पेपर लेस बनाउन सुझाव दिइन् ।