काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
समितिले भोलि (बुधबार) पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले जनकारी दिए ।