सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

विचार मिल्नेहरूबीच एकता सम्भावनाबारे छलफल भयो: अध्यक्ष प्रचण्ड

विचार मिल्नेहरूबीच एकता सम्भावनाबारे छलफल भयो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने दलहरूबीच एकताको सम्भावनाबारे छलफल भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँगको छलफलपछि दाहालले उक्त कुरा बताएका हुन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा मंगलबार माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । यसअघि मंगलबार नै दाहालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।

याे पनि:

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend