logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    4.4K
    Shares
    नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार स्वदेश फर्किएको छ । टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे ।

    कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । कप्तान लामिछानेले नेपाली टोलीले आफ्नो कमी कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताए । उता प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचे जस्तो नभएपनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ ।

    आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्क श्रृंखला खेलेर नेपाली टोली नेपाल फर्किएको हो । स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेका थियो । जस अन्तर्गत नेपाली एक खेलमा सुखद् नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो । नामिबियासँगको दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोलीसँगको पहिलो खेलमा नेपालले सुखद् नतिजा निकाल्दा अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

    श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो । तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्याण्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवान्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend