बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजको पाँच कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजको पाँच कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकका लागि संसद सचिवालयले ५ वटा सम्भावित कार्यसूची मंगलबार नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।

यस्तो छ कार्यसूची

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend