आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो, गठबन्धनको धेरै भरोसा छैनः अध्यक्ष नेपाल

गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो, गठबन्धनको धेरै भरोसा छैनः अध्यक्ष नेपाल

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा आफ्नो पार्टी कमजोर भएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धनको गीत गाएर बस्दा आफ्नो पार्टी कमजोर भएको र गठबन्धनको कुनै भर नभएको बताए । ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उनले भने, ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend