काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसाद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद गुरुङले सैनिक विशेष अदालतमा विगत देखिकै धेरै मुद्दाहरु पेन्डिङमा रहेकाले सेनामा न्यायप्रति विश्वास घटेको बताए ।
उनले सैनिक विशेष अदालतको बेथिति र ढिलासुस्तीमाथि अनुगमन गर्न सरकार समक्ष माग गरिन् । उनले सैनिक विशेष अदालत सेनाको मुख्यालय भित्र रहुन्जेल पीडित सैनिकले न्याय नपाउने
भन्दै यसलाई मुख्यालय परिसरबाट बाहिर सार्न माग गरिन् ।