काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद सरलाकुमारी यादवले नेपाली विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न विदेशिएका कारण सञ्चित विदेशी मुद्रा बाहिरिएको बताएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले यस्तो बताएकी हुन् ।
उनले चिकित्सा शिक्षा ऐन चालु संसदबाट संशोधन गरी विद्यार्थीहरुलाई नेपालमै पढ्ने अवसर दिलाउनुपर्ने बताइन् । उनले भनिन् – ‘चिकित्सा शिक्षा ऐन यही संसदबाट चाँडै नै संशोधन गरी नेपालीहरुलाई नेपालमै पढ्न पाउने अवसर दिलाउन र राष्ट्रिय ढिकुटीमा जम्मा भएको विदेशी मुद्राको सञ्चिति बढाउन सम्पूर्ण माननीय सदस्यहरुमा अपिल गर्न चाहन्छु ।’