logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्छ: सांसद आलेमगर

    एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्छ: सांसद आलेमगर

    3.5K
    Shares
    एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्छ: सांसद आलेमगर

     

    काठमाडौं । सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताए । उनले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताए ।

    उनले भने, ‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ । मलाई लाग्छ आज घरघरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ । गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति कोहो हामी जान्न चाहन्छौ । नेपाली जनता जान्न चाहन्छन् । नेकपा एमालेले जानकारी दिनुपर्छ ।’

    सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend