logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    एनआईसी एसिया बैंकको गत आर्थिक वर्षको मुनाफा साढे ४ अर्ब बढि

    एनआईसी एसिया बैंकको गत आर्थिक वर्षको मुनाफा साढे ४ अर्ब बढि

    3.7K
    Shares

    काठमाडौं । गत आर्थिक वर्ष २०७८\०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७\०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजी नपुग्दा आर्थिक वर्ष २०७७\०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आर्थिक वर्षमा चुक्ता पुँजी बढेको छैन । जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ ।

    अघिल्लो आर्थिक वर्षमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर स्प्रेड रेट बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर ४.४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो ।

    गत आर्थिक वर्षमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाख पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १.४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।  यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

    बैंकले सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आवमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आवमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेको छ । गत आवमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन भने घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ । बैंकको सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेको छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ ।

    ११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ । असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर बेस रेट ६.८४ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुगेको छ । निष्कृय कर्जा ०.५ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend