logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?

    प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?

    3.4K
    Shares
    प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लोसपाले जनाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटका क्रममा धन्यवाद दिएको सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ।’ सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए ।

    अर्का एक स्रोतले भने प्रधानमन्त्री देउवाले अहिलेका सत्ता गठबन्धनमा सहभागी हुनका लागि देउवाले महन्थ ठाकुरलाई आग्रह गरेका छन् । ठाकुरले भने लोकतान्त्रिक गठबन्धन बनाए त्यसमा आफ्नो दल सहभागी हुने जवाफ दिएको बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend