सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

 

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् । माओवादी केन्द्रका सांसद देव गुरुङले एसपीपी सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । बिहीबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयले पत्राचार रोकेको भन्दै सभामुखमार्फत पत्राचारका लागि रुलिङ गर्न माग गरे ।

उनले अमेरिकाले घुमाउरोबाट नेपाललाई आइपीएसको अंग बनाउने प्रयत्न गरिरहेको भन्दै यदि नेपाल आइपीएसको अंग बने नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने बताए । ‘मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको हो तर परराष्ट्र मन्त्रालयले निर्णय कार्यान्वयन गरिरहेको छैन’, गुरुङले सभामुखसँग रुलिङ गर्न माग गरे। उनले गम्भीर प्रकारका तयारी भइरहेको भन्ने सञ्चारमाध्यममा आइरहेको भन्दै भने, ‘एसपीपी सम्झौता नहुने भन्ने भइसकेपछि अरु नामहरूबाट, सैन्य सम्झौताको कन्टेन राखेर वर्कआउट गरिरहेको बुझिन्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend