logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसपीपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    एसपीपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    4.3K
    Shares

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपी बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

    ‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’ सभामुख सापकोटाले भने ।

    बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर पत्र नलेखेको बताएका थिए । उनीहरुले सो कार्यक्रममा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न रुलिङका लागि सभामुखलाई आग्रह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend