logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नेपाली यु–२० टोली आज भारत जाँदै

    नेपाली यु–२० टोली आज भारत जाँदै

    4.4K
    Shares
    नेपाली यु–२० टोली आज भारत जाँदै

    काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई शुक्रवार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाई गरिएको हो ।

    भारतको भुवनेश्वरमा हुने साफ यु–२० टोलीलाई एन्फाले बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित केही एन्फा पदाधिकारी बिदाई गरे ।

    एक साता हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने तालिका छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन् ।

    प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन् । यस्तै विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाइएको जानकारी गराए । मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् । रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए । चोटग्रस्त दीपेश कम्तिमा ३ महिना मैदान बाहिर रहनेछन् । कुर्कुचामा समस्या देखिएपछि उनको उपचार बी एण्ड बी अस्तपतालमा भइरहेको छ ।

    च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend